भोजपुर , १ चैत २०७७ । भोजपुर को रामप्रसादराई गाँऊपालिका–१ ओख्रे की ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।
सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाँटीमा चोट लागेर घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।






