कमल,२९ फागुन २०७७ । टिफरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नम्वर-१ स्थित वालुवाडी सडक खण्डमा आज विहान ९स् ३० बजे ना.१ क ६१६५ नम्वरको टिफरले ठक्कर दिदाँ मे ३ प ३७४७ को मोटरसाईकलमा सवार जिल्ला झापा, शिवसताक्षी नगरपालिका वडा न.४ बस्ने २० वर्षीय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा टिफरले मोटरसाईकल ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न टिफर र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्की जानकारी दिए ।






