Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

गौरादह, २७ फागुन २०७७ । झापाको गौरादहमा जनजाती आदिवासीहरुको धार्मिक एवं सांस्कृतिक स्थल माहाराज थानको बिहिबार शिलान्यास भएको छ । गौरादह-१ मा रहेको ताजपुरिया समाज कल्याण परिषदको केन्द्रिय कार्यालयको प्राङ्गणमा माहाराज थानको शिलान्यास गरिएको हो ।

माहाराज थान शिलान्यासको क्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाहले आदिवासी ताजपुरिया समुदायको ग्राम देवताको रुपमा माहाराज थान रहेको र यस क्षेत्रमा आदिमकाल देखि ताजपुरिया समुदायको बसोबास रहेकाले धर्म संस्कृतिको जगेर्ना गर्न सबैको दायित्व रहेको बताउनुभएको छ ।

यस्तै, स्थानीय नगर कोषबाट विनियोजित रकम २ लाखको लगानिमा माहाराज थान निर्माण गर्न लागिएको जनाइएको छ । चैत मसान्तसम्म भवन निर्माण गरिसक्ने लक्ष्य रहेको समितिका उपाध्यक्ष श्री पुर्णप्रसाद ताजपुरियाले बताउनुभएको छ ।

उद्घाटन कार्यक्रममा माहाराज थान निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री गौर सिंह ताजपुरिया,उपाध्यक्ष श्री पुर्ण प्रसाद ताजपुरिया,सचिव श्री विष्णु प्रसाद ताजपुरिया, कोषाध्यक्ष श्रीमती सावित्री देवी ताजपुरिया,सदस्यहरु हेम कुमारी रंगलाल,पहाडसिंह,प्रथम गंगा कुमारी ,कुमारी ,र माया कुमारी र स्थानीयहरुको उपस्थित रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया