Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

गौरादह, २२ फागुन २०७७ । गौरादह–बिराटनगर सम्पर्क समाजले शनिबार १ दिने भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गौरादह–२ स्थित लायन्स चिल्ड्रेन पार्कको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

बिराटनगर–४ पीपलचौकमा केन्द्रिय कार्यालय रहेको यस सामाजिक संस्थाले गौरादहमा जन्मिएर या यस क्षेत्रमा कुनै सामाजिक कार्य गरेर गौरादह प्रति अपनत्व या माया गरेर र हार्दिकता व्यक्त गर्ने मानिसहरु संसार भर जहाँ रहेका छन् उनिहरुलाई गोलबन्द गरेर गौरादहको बसोबास सँग अपनत्व स्थापना गराउन या यस क्षेत्रको सामाजिक विकासमा, नागरिक चेतनाको विकासमा, स्वास्थ्यको क्षेत्रमा केहि काम गर्न सकियोस भन्ने अभिप्रायले स्थापना भएको संस्था रहेको गौरादह–बिराटनगर सम्पर्क समाजका अध्यक्ष इन्द्र न्यौपानेले बताउनुभयो ।

गौरादहमा हालसम्म यो संस्था स्थापना नभएको बताउँदै ८ गते गौरादहमा प्रारम्भिक कार्यक्रम अन्तर्गत स्व.डिठ्ठा नरबहादुर बस्नेत र स्व.देवी काफ्ले लगायत सामाजिक, राजनितिक, उर्जाशिल युवा तथा संस्थाहरु जसले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १८ जनालाई सम्मान गर्न लागिएको बताउनुभयो । यस्तैगरी, त्यसै दिन वृहत रुपमा स्वास्थ्य शिविरको आयोजना समेत गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै, गौरादहमा छिटै नै समन्वय समिति गठन हुने अध्यक्ष न्यौपानेले बताउनु भएको छ । यस संस्थामा हालसम्म ५० हजार भन्दा माथि तिरेर सदस्यता लिने एस.एस्कर ९ जना, ५ हजार तिरेर आजिवन सदस्यता लिने करिब १ सय जना रहेको बताउनुभयो । यस संस्थाले विविध सामाजिक कार्य गर्दै आइरहेको जनाएको छ ।

त्यसअवसरमा, संविधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिका का उप–प्रमुख गिता भेट्वाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहाल, प्रोज्वल कलेजियट एकेडेमीका प्रमुख सुरेश पौडेल, नेकपा गौरादहका नगर अध्यक्ष तथा शिक्षक मित्रदेव काफ्ले, स्कुलचौन मा.वि का प्रधानाध्यापक बाबुराम भण्डारी, १ नं. वार्डका वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतले सल्लाह सुझाव दिएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया