Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

चितवन, २१ फागुन २०७७। आउँदो आइतबारदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०:३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ । यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया