Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

गौरादह, २० फागुन । गौरादह नगरपालिकाले गरिबी निवारणका लागि उद्यमशिलता तालिम बुधबार सम्पन्न गरेको छ। लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिममा ब्याबसाय सचेतना,लैंगिक समानता एवं सामाजिक समाबेशिकरण सम्बन्धि सचेतना गराइएको थियो।

गौरादह नगरपालिकाको सभाहलमा संचालन गरिएको ८ दिने तालिममा गौरादह नपा १,२ र ३ भित्रका ३२ जना सहभागी भएका थिए। नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा संचालन भएको तालिममा उद्यम विकास सहजकर्ता हिरा घिमिरे,गौरादह नगरपालिका उद्यम विकास सहजकर्ता सबिता अधिकारीले सहजिकरण गरेका थिए।

तालिममा सहभागीहरुलाई ब्यावसायको जानकारी,व्यावसाय र घरपरिवारको सम्बन्ध, आम्दानी स्वोरोजगार, व्यावसाय बीचको भिन्नता,सफल उद्यमीका बिशेषता, व्यावसायिले ग्राहक चिन्ने तरिका, बजारिकरण,व्यावसायको प्रबर्द्धन, व्यावसायिक योजना, लघु उद्यमको बारेमा दर्ता प्रक्रियाको जानकारी, व्यावसायिक तालिमको प्रयोगात्मक विधि, लैंगिक समानताको बारेमा जानकारी गराइएको थियो।

गौरादह नगर उद्यम विकास समिति संयोजक रोहित कुमार शाहको सभापतित्वमा तालिम कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रममा उपमेयर गिता भेट्वाल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, गौरादह नगर उद्यम विकास सदस्य गोपाल कोइराला लगायतले शुभकामना मन्तब्य राखेमा थिए। नगरपालिकाका कर्मचारी प्रज्वल अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया