झगेन्द्र खड्का
गौरादह, ११ फागुन । झापाको पश्चिम दक्षिणी क्षेत्रमा संचालनमा रहेका सवारीसाधनका प्रेसर हर्न ट्राफिक प्रहरीले निकालेको छ। बिशेष गरि ठूला सवारीहरुले प्रेसर हर्न प्रयोग गर्दै आएका छन्। सवारीसाधनहरुले बढी भिडभाड भएको स्थानमा सडक खाली गराउन प्रेसर हर्न बजाउने गरेका थिए।
जथाभावि प्रेसर हर्न बजाउदा ध्वनी प्रदुशण हुने । आफ्नो मोडमा हिडिरहेका ब्याक्तीहरुका छेउमा सवारीसाधनहरुले प्रेसर हर्न बजाउदा अतालिएर यात्रुहरु सडक तिर जादा थप दुर्घटना जोखिम बढ्न सक्ने र मानव जीवनमा समेत नकारात्मक असर पर्ने भएकाले प्रेसर हर्न हटाइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादहका प्रमुख लक्ष्मीप्रसाद ओझाले जानकारी गराए।
२०७४ साल देखि सवारीसाधनमा भएका प्रेसर हर्न हटाइदै आएकोमा त्यसलाई निरंतरता दिदै आएको पनि प्रमुख ओझाले बताए। प्रदेश नं १ लाई प्रेसर हर्न निशेधित क्षेत्र बनाउन ट्राफिक प्रहरीले प्रेसर हर्न निशेधका स्टिकर समेत टाँसेको छ।
झापा पश्चिमको दक्षिणी क्षेत्रमा दुर्घटनाको जोखिम न्युनीकरण गर्न सक्रियता बढाइरहेको ट्राफिक प्रहरीले सवारी चालकहरुलाई प्रशिक्षण समेत दिएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादह र गौरीगंजले सडक दुर्घटना न्युनिकरणका उपायहरु अपनाउन चेकजाँच कार्यलाई समेत तिब्रता दिइरहेको छ।
दक्षिणी क्षेत्रको मुख्य र ब्यस्त पाडाजुँगी – गौरीगंज सडक खण्डमा अटोरिक्सा, सिटिसफारी,भ्यान,ट्याक्टर टिफर, बस, ट्रक चलाउने संचलकहरुलाई सम्बन्धित स्थलमा पुगेर प्रशिक्षण दिइरहेका छन्।ठूला तथा साना सवारीसाधन चलाउने चालकहरुलाई सडक दुर्घटनाका हुनुका कारणहरु, त्यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिइरहेका छन्।
ट्राफिक प्रहरीले सवारी चालकहरुलाई ट्राफिक नियम पालना गरेर सवारीसाधन चलाएमा दुर्घटनाबाट बच्न सकिने जानकारी गराएका छन्। बढी भिडभाड हुने क्षेत्रमा यात्रीहरुलाई सडक पार गर्न सहजताका लागि जेब्रा क्रसिङ समेत बनाइरहेका छन्।






