Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १० फागुन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताउनुभएको छ ।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ‌ओलीले केही दिनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्ने भन्दै पुनर्स्थापना भए पनि वा नभए पनि आफ्नो राजनीति नसकिने बताउनुभएको हो ।

केही मान्छेहरू विघटन र पुनर्स्थापनाको निर्णयले आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेको बताउँदै उहाँले आफूहरूको राजनीति जे भए पनि नसकिने जिकिर गर्नुभयो । आफूले अदालतलाई धम्की वा दबाब नदिएको उहाँको दावी छ ।

प्रधानमन्त्री ओलीले गत शनिबार विराटनगरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनलाई स्मरण गर्दै आन्दोलन गर्ने भनेर नाराजुलुसतर्फ संकेत नगरेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया