Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

दमक,१० फागुन २०७७ । पत्रकार मञ्च दमकले आज आयोजना गरेको साधारणसभा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेका छन् । ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई वेवास्ता गरेकाले नैतिक रुपले साधारणसभा बस्न उपयुक्त नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा युनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा र प्रेस संगठन नेपालका तर्फवाट अनिलदेव राईको हस्ताक्षार छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया