Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, ८ फागुन २०७७ । पानीमा डुबेर झापाको कमल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नं.६ का सन्तोष भण्डारीका ६ वर्षीय छोरा सुयोग भण्डारीको डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुबेर सिकिस्त भएका बालकको शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बेलुका हराएका बालकलाई राति ७ बजेतिर पोखरीमा डुबेको अवस्थामा फेला पारिएको र दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया