झापा, ८ फागुन २०७७ । मोरङको उर्लाबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा उर्लाबारी नगरपालिका-८ निवासी २३ वर्षीय प्रदीप धामी र सोही ठाउँका २२ वर्षीय सुदीप भुजेलको रहेको उर्लाबारी ट्राफिक प्रमुख टायम सिवाकोटीले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत उर्लाबारीमा शनिवार साँझ करिब साढे ७ बजेको समयमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १ ००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।






