Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

गौरादह, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्लाको पार्टी कार्यालय नेकपाकै नेता कार्यकर्ताले आज तालाबन्दी गरेका छन् ।

प्रचण्ड – माधव नेपाल पक्ष र केपी ओली पक्षले यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि सहमति उल्लंघन गर्दै पटक पटक ओली सहूहले पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफूहरुले पार्टी कार्यलयमा ताला लगाएको नेकपा झापाका सचिव तथा नेकपा प्रचण्ड-माधव पक्षीय नेता मणिकुमार साम्पाङ्ग(बिजय)ले अनलाइन विचारलाई बताएका छन् ।

अब पार्टीको आधिकारिता निर्वाचन आयोगबाट निर्कयौल भएपछि जसले आधिकारिकता पाउछँ उसैले उक्त पार्टी कार्यालय संचालन गर्छ साम्पाङ्गको भनाई छ ।

 

तपाईको प्रतिक्रिया