गौरादह, ८ फागुन २०७७ । ईलाका प्रहरी कार्यालय गौरादहले होटल व्यवसायिहरुसँग हुने सुरक्षा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गौरादहको प्राङगणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
त्यस अवसरमा गौरादह नगरपालिका भित्रका १, २ र ३ नं. वार्डका होटल व्यवसायिहरुलाई सुरक्षा सम्बन्धि सचेतना दिइने कार्य गरिएको इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख रमेश कुमार मेहताले जानकारी दिनुभयो । प्रमुख मेहताले अपराध नियन्त्रणमा होटल व्यवसायीहरु मुख्य कडि हुने भन्दै होटल भित्र आएका विविध व्यक्तिहरुले शंका स्पद गरेका कुराहरु नै सूचनाको मेरुदण्ड रहेको बताउनुभयो । अपराधिक मानसिकताका व्यक्तिहरु का लागि होटल नै गनथन मनथनको मूख्य स्रोत केन्द्र रहने भएकोले उनिहरुले होटलमा खाने पिउने क्रममा सुख, दुःख, जन्म संस्कार, मृत्यु संस्कार, मिलन बिछोड, सफलता असफलता जस्ता सबै बहानाहरुमा मादक पदार्थ सेवन गर्ने त्यस क्रममा अपराधिक मनसाय बोकेका व्यक्तिहरुले अपराधिक योजनाको तयारी गर्ने, अपराध पश्चात समीक्षा समेतको छलफल, कसैसँगको रिसिवि रहेको कुरा मादक पदार्थ सेवन गर्ने साथिभाईहरुलाई सुनाउने जस्ता कार्य होटलमा नै गर्ने भएकोले यदि आफुले सञ्चालन गर्ने होटलमा त्यस्तो कुनै पनि शंकास्पद लाग्ने कुरा वा व्यक्ति भएमा प्रहरीलाई खबर गरि सहयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्ता सूचना लुकाउँदा अरुलाई त गाह्रो हुन्छ नै आफू पनि अपराधिको निसानामा पर्ने सम्भावना उत्तिकै रहने भएकोले त्यस्ता अपराधिक गतिविधिको सूचना निर्धक्क नडराई, एक सच्चा नागरिकको जिम्मेवारी सम्झी प्रहरीलाई खबर दिने कार्यलाई निरन्तरता दिन आग्रह समेत गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गौरादहको आयोजनामा सम्पन्न कार्यक्रममा ४३ जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । सो क्रममा प्रमुख मेहताले व्यवसायीहरुलाई सुरक्षित रहि होटल सञ्चालन गर्न केहि टिप्स, सल्लाह र सुझाव समेत दिनुभएको थियो ।








