Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, २ फागुन २०७७ । झापाको कनकाई नगरपालिका-७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएका छन ।

शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय पारस तामाङ र कनकाई-७ का २१ बर्षिय विनोद टुडुले कनकाई-७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको छ ।

अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरेपनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया