Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

दमक,३० माघ २०७७ । नेपाल प्रेस युनियनले यसवर्ष पनि पारिवारिक वनभोजको कार्यक्रमलाई निरन्तरता दिएको छ ।युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमककै उत्तरी क्षेत्र इलामको चुलाचुलीस्थित पर्यटकीय स्थल चपेटीमा आज शुक्रवार पनि अघिल्ला वर्ष झै यसवर्ष पनि जिल्लास्तरिय वनभोज कार्यक्रमलाई निरन्तरता दिइएको युनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले वताएका छन् । युनियनले विभिन्न व्यक्ति,संघसंस्थाहरुको समन्वयमा तीन वर्षदेखि यसरीनै पारिवारिक वनभोज कार्यक्रम गरिआएको छ ।

युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको वनभोजसहित भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारजन्य संघसंगठनका नेतृत्वहरुले पत्रकारहरुको व्यवसायिक मुद्यासंगै देशको स्वाधिनताका पक्षमा एक जुट भएर अघि बढ्नु पर्ने खाँचो भएको औल्याएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज पत्रकार क्षेत्रीले लोकतन्त्रको रक्षाका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने वताए ।त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारामणि सापकोटा, महासंघका पूर्व जिल्ला अध्यक्ष कृष्ण हुमागाई, युनियनका जिल्ला अध्यक्ष इन्दु पुर्वेली, महासंघका जिल्ला उपाध्यक्ष एकराज गिरी,फोनिजका प्रदेश इन्चार्ज दिपीन राई, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन जिल्ला संयोजक टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बनभोज कार्यक्रमका संयोजक नगेन्द्रमणी न्यौपानेले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपीन्द्र थापा,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,गौरादह उदयोग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन राई, नेपाली कांग्रेस दमकका सचिव प्रकाश प्रसाई, लोकतन्त्रवादी व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा, चलचित्रकर्मी चैतन्य वराल, सप्तरंगी एफएमका सञ्चालक राजकुमार भट्टराई, जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

जिव्रो क्यान्सर विरामीलाई सहयोग
युनियनको सक्रियतामा झापा,कमल गाउँपालिका ६ का जिव्रो क्यान्सर रोगी राधादेवी साहलाई नगद ६ हजार ५ सय रुपैया उपलव्ध गराइएको थियो । युनियन सदस्य तथा सहभागिवाट संकलित रु ६ हजार ५ सय सहयोग पीडित परिवारलाई हस्तान्तरण गरिएको जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले वताएका छन् ।
युनियनले आफना सदस्य तथा सहभागिबाट स्वेच्छिक रुपमा रकम संकलन गरि पीडितका श्रीमान मंगलचन्द्र साह परिवारलाई प्रदान गरिएको थियो । यसैवीच पीडित साहका परिवारले विरामीको उपचारमा सहयोग गरिदिन याचना गरिआएका छन् ।

 

तपाईको प्रतिक्रिया