Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १६ पुष २०७७ । सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले बताइन् ।

अनुसन्धानको क्रममा भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्ने र रि–प्याकिङ गर्दा उनले सोयाबिनको तेललाई ‘तिलको तेल’लेखिएको लेबल टाँसेर महँगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले उनलाई कालोबजार तथा सामाजिक अपराध गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया