Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ७ पुष २०७७ । झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-२ पन्चमबारी टोल बस्ने ४१ वर्षीया गनिता राजवंशी रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार जानकी इट्टाभट्टामा डेरा गरी बस्ने बनारसी सहनीकी श्रीमती गनिता ताप्दै गरेको आगोमा लडेकी थिइन् । आफूले बालेको आगोमा लडेर कपडामा आगो सल्किएर उनको घटनास्थलमै मृत्यु भएको हो । गनिता लामो समयदेखि छारे रोगले ग्रसित थिइन् । रोगले च्यापेपछि उनी आगोमाथि लडेकी थिइन् ।

तपाईको प्रतिक्रिया