Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार संवाददाता
गौरादह, ३ पुष २०७७ । झापाको गौरादह नगरपालिका वडा नं. ४ मजुवामा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिंजो (बिहिबार) दिउँसो अपरान्ह ४ बजेको समयमा आगलागी हुँदा अग्निधर धमलाको वरिपरि सेन्टरबेरा गरिएको टिनको छानो भएको भुईंघरमा आगो लागेर पूर्ण रुपमा नष्ट भएको प्रहरी चौकी स्कुलचौनले जनाएको छ ।

घरमा लागेको आगोले खाद्यान्न, लत्ताकपडा, आवश्यक कागजातहरु, ४ तोला सुन र नगद ५० हजार जलेर नष्ट भएको छ भने, करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ग्वालीमा वस्तुको खोले पकाउने क्रममा आगलागी भएको जनाइएको छ, सो आगलागिबाट मानविय क्षति नभएपनि एउटा बाख्रा जलेर नष्ट भएको पारीवारीक स्रोतले बताएको छ ।

आगलागी नियन्त्रण गर्न गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो लागेर घर पूर्ण रुपमा नष्ट भएपछि घट्ना स्थलमा अनुगमन गर्न पुगेका गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाहले पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्ने बताउनुभयो ।

यस्तै, विचल्लीमा परेका परिवारलाई ४ नं. वार्ड र नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाले त्रिपाल, खाद्यान्न, लत्ताकपडा तथा धमला बन्धु सेवा समाजको तर्फबाट नगद १० हजार आर्थिक सहयोग प्रदान गरिएको पिडित परिवारका आफन्त प्रदिप धमलाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया