Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २ पुष २०७७ । नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय विशेष संयन्त्रको बैठक नयाँदिल्लीमा बस्ने गरी तयारी सुरु भएको छ ।

पुष महिनाभित्रै बैठक बस्न सक्ने गरी प्रारम्भिक तहको तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक लागि आवश्यक तयारी र एजेन्डामाथि छलफल जारी रहेको मन्त्रालयले जनाएको छ ।

गत मंसिर दोस्रो साता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुईदिने नेपाल भ्रमणमा आएकै बेला भारतीय विदेशमन्त्री एस।जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाइ दिल्ली भ्रमणको निम्तो दिएका थिए ।

एक साताअघि मात्रै भारतको सत्तारूढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेको काठमाडौं भ्रमणमा सबै राजनीतिक दल तथा प्रमुख नेताहरूसँग भएको भेटघाटबाट भारतले नेपालसंग सक्दो संवाद र सहकार्य चाहेको देखिए पनि अबको मन्त्रिस्तरीय बैठकमा धेरैको सरोकार जोडिएको देखिन्छ ।

सहज रूपमा सबै परिस्थिति अगाडि बढेको अवस्थामा नेपाल–भारत दुवै देशका प्रधानमन्त्री एक–अर्को देशको भ्रमणमा जाने तालिका पनि बन्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया