Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, १ पुष २०७७ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित भएको छ । बैठक पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्यादेश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारीपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, पुस ५ लाई निर्धारित केन्द्रीय कमिटी बैठक पुस १० का लागि सरेको छ ।

तपाईको प्रतिक्रिया