Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १ पुष २०७७ । नेपाल नर्सिङ काउन्सिलले प्रयोगात्मक अभ्यास पुरा नगरेका विद्यार्थीलाई दर्ता परीक्षामा सहभागी नगराउने भएको छ । आज एक सूचना जारी गर्दै काउन्सिलले सो कुराको जानकारी दिएको हो ।

काउन्सिलले प्रयोगात्मक अभ्यासका लागि तोकिएको समय पुरा नगरी अन्तिम परीक्षामा उतीर्ण भए नाम दर्ता परीक्षामा सामेल गराउने जनाएको छ ।

काउन्सिलको मंसिर १६ गते बसेको बैठकले नियम पुरा नगरिकन नर्सिङ नाम दर्ता परीक्षामा सहभागी नगराउने विषय विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद्लाई समेत जानकारी दिएको छ । उता, पूर्वाञ्चल विश्वविद्यालयले गत मंसिर ८ गते बिएस्सी नर्सिङ र प्रविणता प्रमाणपत्र तहको फाइनल परीक्षाको सेड्युल प्रकाशन गरेको भन्दै काउन्सिलले ध्यानाकर्षण भएका जनाएको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया