Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा

गौरादह, २६ मंसिर २०७७ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान बिहिबार सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सम्पन्न भएको हो ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नारा सहित यसवर्ष पनि गौरादहमा विविध कार्यक्रमको आयोजना गरि १६ दिने अभियान मनाइएको छ । सो अवसरमा मंसिर २३ गते सचेतना मूलक १ दिवसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रशिक्षकद्वय इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायब निरिक्षक नारायण कुँवर र अधिवक्ता गौरादह नगरपालिकाका कानुनी सल्लाहकार लेखनाथ निरौला बाट कार्यपत्र प्रस्तुत गरि अन्तरक्रिया गरिएको थियो ।

यस्तै अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसा भनेको के हो? यो किन मनाइएको? लैंङ्गिक हिंसाको बारेमा जानकारी गराउँदै यसको वर्तमान अवस्थाका विषयमा चर्चा गरिएको जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा वडा नं. ७ का एक जना महिलाले घरपरीवारले नहेरेको र सोही वडाका अर्की एक महिलाले श्रीमानबाट पीडीत भएको गुनासो राखेका थिए । यि गुनासोहरुको सुनुवाई भइरहेको महिला विकास शाखा कविता तुम्बापोले जानकारी दिनुभयो ।

यस्तै, लैंङ्गिक हिंसा पिडित लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०७७ को राष्ट्रिय अन्तराष्ट्रिय नारा सहितको व्यानर नगरपालिका भित्रका सबै वडामा राखीएको महिला विकास शाखा कविता तुम्बापोले जानकारी दिनुभयो । त्यस अन्तर्गत सो अभियानका क्रममा गत मंसिर २३ गते यस्तै, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अवधिभर स्थानीय सञ्चार माध्यमबाट जनचेतना मूलक कार्यक्रम प्रशारण गरिएको, हिंसामा परेका महिलाहरुलाई सहज रुपमा न्याय पाउनका लागि, उनिहरुको समस्या सुन्न, कहाँ के कस्ता हिंसा भइरहेका छन् त्यस बारेमा बुझ्न, लैङ्गिक मैत्री समुदायमा आधारित घट्ना व्यवस्थापनमा सहजता ल्याउनको लागि कार्यक्रमको आयोजना गरिएको तुम्बापोले बताउनुभयो ।

यस्तै, बलात्कार, घरेलु हिंसा, हत्या, बोक्सी आरोपमा गाउँ निकाला दाइजो प्रथा, बहुविवाह, बाल विवाह अन्य मानसिक तथा शारीरिक यातना र महिलालाई अपहेलना जस्ता कुनै पनि असामाजिक क्रियाकलाप भएकाले त्यस्तो बाट बच्न आफु पनि सचेत हुनुपर्ने र अरुलाई सचेत गराउनु पर्ने बताइएको थियो ।

यस्तैगरि महिला हिंसा अन्र्तगत शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारलाई खुलेर महिलाले त्यसको प्रतिकार महिला आफैंले गर्नुपर्ने बताइएको छ ।

यस्तै हिंजो समापनका दिन गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटवालको संयोजकत्वमा कमल–गौरादहको सीमानामा, गौरीगंज–गौरादहको सीमानामा र नगरपालिका परिषरमा लैंगिक हिंसा विरुद्ध नाराहरु लेखिएको होर्डिङ्ग बोर्ड राखिएको तुम्बापोले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया