Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २१ मंसिर २०७७ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

तपाईको प्रतिक्रिया