Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १९ मंसिर २०७७ । झापाको बिर्तामोड नगरपालिका– २ स्थित चैतुवारी बस्ने होमप्रसाद घिमिरेको स्थितमा रहेको नमस्ते प्लाई फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ । आगलागीबाट ३० लाख मूल्य बरावरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी हुँदा फन्टी फेन नामक काठको कच्चा पदार्थ र सिलिङ चेम्वर जलेर नष्ट भएको जनाइएको छ ।

आगलागी लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनी, १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली पुगेको र स्थानीयवासी तथा दमक, भद्रपुर र बिर्तमोडको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

समयमा नै आगलागी नियन्त्रणमा लिइएका कारण मानवीय तथा चौपाया क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया