Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा नगएका हुन् ।

समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा अनुपस्थित भएकाले प्रधानमन्त्रीलाई पुनः बोलाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार कहिले बोलाउने भन्ने मिति भने तय भएको छैन ।

तपाईको प्रतिक्रिया