Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, ८ मंसिर २०७७ । गौरादह नगरपालिका भित्रका बजारहरु भोलिबाट साविक बमोजिम हप्तामा एकदिन बन्द हुने भएको छ ।

नेपालीहरुको महान् चाड दशैं, तिहार र छठलाई मध्यनजर गर्दै गौरादह नगरपालिका भित्रका सम्पूर्ण बजारहरु खुला गरिएको थियो । गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीले नेपालीहरुको महान् चाड दशैं, तिहार छठ पर्व सकिए सँगै पूनः पहिले जस्तै हप्ताको एकदिन नगरपालिका भित्रका बजारहरु बन्द गरिने जानकारी गराए ।

यसअघि नगरपालिका भित्रका बजारहरु चाडपर्वले गर्दा सातै दिन खुला गरिएको थियो । चाडपर्वको समापन सँगै गौरादह नगरपालिका भित्रका बजारहरु हप्तामा १ दिन बन्द हुने व्यवस्था गरिएको हो । उद्योग वाणीज्य संघको नियम अनुसार हप्तामा एकदिन पुनः बजार बन्द गरिने कार्कीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया