Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, ५ मंसिर २०७७। प्रत्येक वर्ष झैं यस वर्ष पनि गौरादहमा छठ पुजा गरिन लागिएको छ । तर यस वर्ष भने, कोरोनाको प्रकोपले विगतका वर्षहमा भन्दा केहि फरक ढंगले छठ पुजा गरिन लागिएको हो । छठ पुजाका लागि गौरादह नगरपालिका-१ स्थित खोना शाहको पोखरीका घाट सजाएर तयारी गरिएको छ ।

यो वर्ष भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम बीच पनि व्रतालुहरुले स्वास्थ्य सुरक्षा विधिहरु अपनाएर छठ पुजा गर्ने भएका छन् ।

छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि व्रत बसी राती ‘खीर पुरी बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै आजको दिन ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
सन्तान प्राप्तिका लागि, परीवारको स्वास्थ्यका लागि, कसैले आफ्नो मनोकामना पुरा होस भन्ने हेतुले भाकल गरि पनि यो पर्वको कठोर व्रत बस्ने गर्दछन् ।

यस्तै,कोभिड-१९ का कारण जोखिम अत्यधिक बढ्ने हुँदा धेरै भिंडभाड हुन नदिई, सामाजिक दुरी कायम गरि, मास्कको अनिवार्य प्रयोग गर्दै यो वर्षको छठ पुजा सामान्य ढंगले गरिन लागिएको गौरादह नगरपालिका नगर प्रमुख रोहित कुमार शाहले बताउनुभयो ।

यसवर्ष व्रतालुहरुले पनि सामाजिक दुरी कायम गर्दै पुजाआजा गर्नुपर्ने, आफ्नो घाटबाट अर्काको घाटमा नगई जोगिएर जल चढाउने, आफ्ना परिवारका सदस्यहरुलाई पनि घाटमा कम ल्याउन भनिएको, प्रहरी प्रशासनलाई कडाईका साथ परिचालन गर्ने लगायतका कार्यहरु गरिएको शाहले बताउनुभयो ।

यस्तै, यस वर्ष भने विगतका वर्षहरुमा झैं घाटमा नै जाग्राम बस्ने, भजन र्कितन, नाँचगान गर्ने लगायतका कुनैपनि क्रियाकलाप गर्न नदिइने प्रमुख शाहले बताउनुभयो ।

यस्तैगरी, छठ पर्वमा हुने भिंडभाडलाई कम गर्ने, व्रतालु देखि बाहेक अन्य पुजा हेर्न आउने मानिसहरुलाई सकभर नआउन आग्रह गरिने साथै कुनैपनि अप्रिय घट्ना हुन नदिन प्रहरी परीचालन गरिसकिएको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायब निरिक्षक नारायण कुँवरले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया