Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

उर्लाबारी, ३ मंसिर । प्रहरीले गाँजा र ब्राउन सुगरसहित उर्लाबारीबाट नौंजनालाई पक्राउ गरेको छ । मंगलबार राति १० बजे उर्लाबारी नगरपालिका–७ बस्ने छोमाई तामाङको घरबाट ब्राउन सुगर र गाँजा बिक्री गर्न पुगेका र सेवन गरिरहेका ९ जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–७ स्कुल डाँडाकी ममता तामाङ, उर्लाबारी–७ बरगाछीका मिनल याक्सो, उर्लाबारी–९ आकाश लिम्बू, असिम लिम्बू रहेका छन् ।

झापा दमक ७ का शीशा सेख, दमक–४ का सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका–८ का रुमपमान केदेम, रतुवामाई १० का एन्जील मगर, रतुवामाई–९ का मन्जील बस्नेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, १८४ ग्राम गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको को२६प १८५६, प्र–१–०१–०१२ प ६३१३, को३४प २६७, बा५३प १४२४, मे२प ५७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया