Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, ३ मंसिर २०७७ । सत्तारुढ नेकपाको सचिवालय बैठक पुनः स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।

तपाईको प्रतिक्रिया