Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिकाबाट
काठमाडौँ, १९ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले करिब २५ जिल्लाका केन्द्रमा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताउनुभयो । कुन कुन केन्द्रमा पठाउने भन्ने विषयमा बोर्डको प्रदेश परीक्षा कार्यालले निर्णय गर्नेछ ।

बोर्डले जुम्ला, हुम्ला, कालीकोट, मुगु, मनाङ, मुस्ताङ, डोल्पा, बाजुरा, जाजरकोट, बझाङालगायतका जिल्लामा छपाइ गरी प्रश्नपत्र पठाउने तयारी गरेको छ । अन्य जिल्लाका परीक्षा हुनु कोही समयअघि इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी गरेको छ ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । सो परीक्षा १६ गते सकिनेछ । बोर्डले तयार गरेको कार्यविधिमा परीक्षाको उत्तरपुस्तिका सम्बन्धित विषय शिक्षकले परीक्षण गरी नम्बर पठाउने व्यवस्था गरेको छ । बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । ‘अब परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयको हो।’ –बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।

परीक्षामा कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै कोठाबाट परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले जारी गरेको सूचनामा ‘कोभिड–१९ संक्रमित भई उपचाररत परीक्षार्थीहरु परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ’ उल्लेख छ ।

परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थ डेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थ डेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो । बोर्डले हिजो मंगलबार तीनै सुरक्षा निकायका उच्च अधिकारीसँग बैठक गरेको थियो । तीनै सुरक्षा निकायका अधिकारीले परीक्षामा पूर्ण सुरक्षा प्रत्याभूति दिने बताएका थिए । नेपाल समचार पत्र दैनिकले खबर छापेको छ ।

तपाईको प्रतिक्रिया