Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

महासचिव पौडेल भन्छन् – पार्टी गम्भीर संकटमा छ

काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र बढ्दै गएको विवादले पार्टीलाई दुर्घटनाको दिशातर्फ लगेको संकेत गरेको छ। करिब दुई सातापछि यही शनिबार बालुवाटारमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अब अलग अलग हिँड्न प्रस्ताव गरेको खुलेको छ।

शनिबार बालुवाटारमा दुई अध्यक्षबीच करिब ३ घण्टासम्म संवाद भएको थियो। उक्त संवादका क्रममा प्रचण्डले अहिले देखिएको विवादलाई सचिवालय बैठक डाकेर समाधान गर्न सकिने प्रस्ताव गरेका थिए।

त्यही छलफलका क्रममा ओलीले आफूलाई सँगै अघि बढ्न नसकिने भएकाले अलग अलग जाऊँ भनेर प्रस्ताव गरेको ब्रिफिङ अध्यक्ष दाहालले खुमलटारमा गरेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारको छलफलमा अब सँगै जान सकिँदैन, अलग भएर अघि बढौँ भन्‍नु भयोु, खुमलटार बैठकमा सहभागी एकजना नेताले भने, मैले यो विवादलाई समाधानका लागि सचिवालय बैठक बस्नुपर्ने कुरा राखेको थिएँ।

आइतवार प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादलु सहभागी थिए।

यही १५ देखि १७ सम्म डाकिएको केन्द्रीय कमिटी बैठक एक महिनाका लागि पर सारिएपछि अध्यक्ष दाहालले सचिवालय बैठक राख्‍नुपर्ने कुरा ओलीसँग राखेका थिए।

ओलीको राजीनामाको कुरा

त्यही भेटमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन भनेको कुरा पनि बाहिरिएको छ। तर प्रचण्डनिकट श्रोतले भने ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री चलाउन जिम्मेवारी दिइसकेको अवस्थामा त्यस्तो कुनै कुरा नगरेको दाबी गरेको छ।

हाम्रो सहमति नै ओलीले ५ वर्ष पूरै सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने होु, अध्यक्ष दाहालनिकट एक नेताले भने, यो कुरा भएको छैन। तर अहिलेको विवाद समाधानका लागि कुनै न कुनै पार्टी बैठक बस्नै पर्छ भन्‍ने मान्यता हो।

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी भित्र समस्या रहेको कुरा आइतवार महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको अभिव्यक्तिबाट प्रष्ट भएको बताए।

पार्टीभित्र गम्भीर समस्या रहेको कुरा हाम्रा महासचिवले राख्नु भएको कुराले प्रष्ट पारिसकेको छु, उनले भने, तर प्रधानमन्त्रीले अलग्गै हिँड्न प्रस्ताव गरेको र अध्यक्ष दाहालले राजीनामा मागेको भन्‍ने कुरामा सत्यता छैन। यद्यपि पार्टी गहिरो संकटर्तफ गइरहेको कुरा भने नकार्न सकिँदैन।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको किचलो, पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु र भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयले मन खुसी गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

तपाईको प्रतिक्रिया