Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १३ कात्तिक २०७७ । र्‍यापर समिर घिसिङ ९भिटेन०लाई पक्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको ‘पारा’ टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएको भन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोले आदेश पाएको छ ।

प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ । नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गाली-गलौज र अस्लिल शब्द प्रयोग गरिएको गुनासो आएको प्रहरीको भनाइ छ ।

यसअघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतको भिडियोका कारण भिटेन विवादित बनेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरेर छाडेको थियो । सो क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनापछि प्रहरीले छाडेको थियो ।

यो पटकको नयाँ र्‍यापर गीतको भिडियो ५ दिनमै १० लाखभन्दा बढी हेरिएको थियो । तर भिटेन म्युजिक नामक युट्युवबाट अपलोड भएको गीत अहिले हटाइएको छ ।

तपाईको प्रतिक्रिया