Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, ७ कार्तिक । जब सयपत्री ढकमक्क हुन्छ, तिहारको झल्को आइहाल्छ । तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल तिहार आउनु अगाडि नै फुलेको छ यो साल । विशेष गरि कार्तिक महिनामा सयपत्री फूल फुल्ने गर्दछ।असोज महिनामा दशैं र कार्तिक महिनामा तिहार हुदा सयपत्री फूल फुल्ने र तिहार पर्व आउने एकैसाथ हुन्थ्यो।

कार्तिक महिनाको अन्तिममा तिहार रहेकाले कार्तिक लाग्दै सयपत्री फूल फुलेको छ।तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन।सयपत्री फूल फुलेपछि तिहार आएको संकेत गर्दछ।

कार्तिक महिना लागेपछि सयपत्री फूल आँगनमा फुल्दा घर उज्यालो हुन्छ।बिशेष गरि तिहारका लागि आवस्यक माला जोह गर्नलाई जेठ असार महिनामा सयपत्री फूल रोप्ने गरिन्छ।सयपत्री फूल फुलेर तिहार आएको संकेत गरेपनि दशैं मात्र लागेको छ।

यस बर्ष दशैं र तिहार दुवै पर्व कार्तिक महिनामा पर्नजाँदा सयपत्री फूल दशैं लाग्दै फुलेको छ।कार्तिक महिनाको सुरुमा दशै र अन्तिममा तिहार पर्व परेको छ ।

तिहार पर्वको भाइ टीकाको दिन मंसिर लाग्छ।तिहारको भाईटीका मंसिरमा रहेकाले कार्तिक लाग्दै फुलेको सयपत्री फूल भाईटीका सम्म नरहन सक्ने सम्भावना पनि बढेको छ।तिहार पर्वमा सयपत्री फूलको बिशेष महत्व रहेको छ।हिन्दुहरुले पाँच दिन रमाइलो सँग तिहार मनाउने गर्दछन।हिन्दु धर्मावलम्बीहरुले मनाउने तिहारमा पाँचै दिन सयपत्री फूलको काम आउँछ।काग तिहार देखि भाइ टीका सम्म पाँच दिन सम्मका पुजा पाठमा सयपत्री फूल चढाउने गरिन्छ।

लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेलिने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेलिने देउसीमा पनि सयपत्री फुलको नाम लिइन्छ।तिहार पर्व सँग सयपत्री फूलको नाम जोडिएको छ।पछिल्लो समयमा घर आँगनको सोभा बढाउन विभिन्न प्रकारका रंगीबिरंगी फूलहरु रोप्ने गरेका छन्।विभिन्न रङका फूलहरु आँगनमा फुल्दा घरको सोभा बढेपनि कुनै पर्व आएको संकेत गर्दैनन्।तिहार आएको संकेत गर्ने सयपत्री फूल दशैं लाग्दै फुलेपछि तिहारको संकेत नगरेको गौरादह -७ का दुर्गा ढकाल बताउछन्।

तपाईको प्रतिक्रिया