Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
गौरादह, ६ कार्तिक २०७७ । झापाको गौरादहमा श्रीमती हत्या आरोपमा पक्राउ परेका भिम भण्डारीलाई प्रमाण सहित अदालतमा पेश गर्ने प्रहरीको तयारी रहेको छ ।

श्रीमती हत्या आरोपित भण्डारीलाई सम्पूर्ण प्रमाण सहित अदालतमा पेश गरिन लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक(डिएसपी)तथा प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

म्याद थपको प्रक्रिया हिंजो(बुधबार)देखि समाप्त भएको साथै चाडपर्वको कारण अदालत बन्द हुने बताउँदै चाडपर्व सकिएपछी अदालत खुले लगत्तै सम्पूर्ण प्रमाण सहित आरोपित भण्डारीलाई अदालतमा पेश गरिने प्रवक्ता थापाले बताउनुभयो ।

असोज १२ गते सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममता पूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया मनमाया भण्डारी(पार्वता)को शव फेला परेको थियो । अनुसन्धानका लागि भन्दै मृतक महिलाका श्रीमान भिम भण्डारीलाई असोज १६ गते पहिलो पटक ७ दिने म्याद थप गरेको थियो । यस्तैगरी, असोज २३ गते दोस्रो पटक र असोज २९ गते पूनः तेस्रो पटक पनि भण्डारीलाई ७ दिने म्याद थप गरिएको थियो ।

घट्ना भएको आज(बिहिबार)२५औं दिन बितिसकेको छ । श्रीमती हत्या आरोपित भण्डारी अहिले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखीएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया