Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ४ कार्तिक २०७७ । झापाको गौरादह नगरपालिका आजदेखि ६ गते सम्मका लागि बन्द भएको छ ।

कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले त्यसले अझ जोखिम बढाउने भएको भन्दै नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह गरिने स्वास्थ्य सेवा र दमकलको सेवा बाहेकका सम्पूर्ण सेवा आज दिनको २ बजेदेखि कार्तिक ६ गते सम्मका बन्द गरिएको गौरादह नगरपालिकाको कार्यालयले सूचना जारी गरेको छ ।

गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहको हस्ताक्षरित जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया