Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ३ कार्तिक । संघीय सांसद धर्मशिला चापागाईंले आज एक विज्ञप्ति सार्वजनिक गर्दै दशैं भत्ता बापतको आफ्नो खातामा आएको रकम झापाका दुई सामाजिक संस्थालाई हस्तान्तरण गर्ने बताएकी छन् ।

मुलुक कोभिड- १९को महामारीबाट आक्रान्त बनिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले संघीय सांसद सचिवालय मार्फत सांंसदहरुलाई दशैं खर्च बापत रकम वितरण गर्ने कार्य समय अनुकुल नरहेको सांसद चापागाईंको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शहिद प्रतिष्ठान नेपाल शाखा कार्यालय विर्तामोडलाई कार्यक्रम खर्च शीर्षकमा र नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा आधा आधा रकम उपलब्ध गराउने विज्ञप्तिमा खुलाइएको छ ।

औपचारिक तथा अनौपचारिक भेटघाट र छलफल साथै सामाजिक संजालबाट समेत सांसद चापागाईंले दशैं भत्ताको रकमको सदुपयोगको योजना बनाउन आवहान गरेकी थिइन । नेपाल सरकारले संघीय संसद सचिवालय मार्फत सांसदलाई उपलब्ध गराएको दशैं भत्ता बापतको रकम सबैले एकठाउँमा जम्मा गरेर अत्यावस्यक काममा लगाउँन उनको जोड थियो ।

यस विषयमा सांसदहरुबीच कुनै पनि ठोस निर्णय हुन नसकेपछि उनले गृह नगरमा क्रियाशिल दुई संस्थालाई भत्ता बापतको रकम उपलब्ध गराउने निर्णयमा पुगेको उनले बताइन् ।

कोरोना महामारीको बिषम परिस्थितिमा सरकारले संघीय सांसदलाई मासिक तलबको एकमहिना बराबरको रकम दशैं भत्ता वापत खर्च उपलब्ध गराए पछि अहिले सर्वत्र आलोचनाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया