Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनविचार संवाददाता
गौरादह, २९ असोज २०७७ । झापाको गौरादहमा गत असोज १२ गते भएको वृद्धा महिलाको बीभत्स हत्या गरेको आरोपमा मृतक महिलाका श्रीमान भिम भण्डारीलाई पूनःतेस्रो पटक ७ दिने म्याद थप गरेको छ ।

घट्ना अनुसन्धानको क्रममा रहेको बताउँदै तेस्रो पटक पूनः म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

यहि असोज १६ गते अनुसन्धानका लागि भन्दै पहिलो पटक ७ दिने म्याद थपेको थियो । यस्तै, असोज २३ गते दोस्रो पटक पनि ७ दिने म्याद थप गरिएको थियो । घट्ना भएको आज १८ दिन बितिसक्दा पनि प्रहरीले घट्ना अनुसन्धानकै क्रममा नै रहेको बाहेक अरु थप केहि कुरा बताउन चाहेको छैन ।

अहिलेसम्म पोष्टमार्टमको रिपोर्टको आधार, प्रहरीको अनुसन्धानले हत्याको आशंका मृतकका श्रीमान भिम भण्डारी लाई नै गर्दै आएको छ ।

असोज १२ गते सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममता पूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया मनमाया भण्डारी(पार्वता)को शव फेला परेको थियो ।

यसैबीच, अनुसन्धान ढिलो भइरहेकोे भन्दै महिला अधिकारकर्मी, स्थानीयबासीहरु र नागरिक समाजले म्याद मात्र थप गर्ने कार्य गरेको भन्दै आक्रोसित हुँदै आपत्ति व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया