Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, २७ असोज । गौरादह जेसीजले जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ।जेसीजले बिगत बर्षमा झैं यश बर्ष पनि साप्ताहिक रुपमा गरिने कार्यक्रमलाई रुटिङ बनाएर कार्यक्रम सुरुगरेको हो।

जेसीज सप्ताह कार्यक्रमको गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।कार्यक्रमको उद्घाटन गर्दै मेयर शाहले उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्ने संभावना रहेको गौरादह नगरपालिकामा खेल क्षेत्रको बिकासका लागि नगरपालिकाले नगर स्तरिय र वडा स्तरिय खेलकुद समिति गठन गरेको बताए।नगरभित्र रहेका खेलाडीहरुको सीप तथा क्षमता बिकासका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको समेत बताए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नगर भित्र रहेका खेलाडीहरुलाई खेलकुद समितिले खेलमा प्रबर्द्धन गर्न सके यस नगर भित्र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने जानकारी गराए।

जेसीज सप्ताको पहिलो दिन ब्याडमिन्टन प्रतियोगिता गरिएको छ।ब्याडमिन्टन खेलको उद्घाटन जनप्रतिनिधिहरु बीच मैत्रीपूर्ण खेल खेलेर उद्घाटन गरेका थिए। ब्याडमिन्टन प्रतियोगितामा १७ टिमको सहभागीता रहेको जेसी निर्मला रिमालले जानकारी गराइन। जेसीजले साप्ताहिक कार्यक्रम अन्तरगत वडा नं -५ मा स्वास्थ्य सामग्री बितरण,वडा नं -१ को सभाहलमा उदघोषण तालिम, गौरादहमा रहेको गुरुकुलमा पाठ्यसामग्री बितरण, अपांगलाई ह्वयील चियर बितरण, स्कुलचौन बजारमा फूल गमला हस्तान्तरण र रक्तदान कार्यक्रम, रक्तदान डटकम एप्लिकेसन उद्घाटन र पुरस्कार बितरण,वडा नं -१ मा कृषि सम्बन्धि तालिम, असल बैठक संचालन तालिम तथा सप्ताह कार्यक्रम समापन गरिने जेसीज अध्यक्ष तथा कार्यक्रमका सभापति तारा कुमार श्रेष्ठले जानकारी गराए।

गौरादह अतिथि सदन भवनमा गरिएको उद्घाटन कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष भानु आचार्यले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए। जेसीजका जन सम्पर्क अधिकारी ध्रुवचन्द्र अधिकारीले जेसीज आस्था पाठ गरेका थिए।ब्याडमिन्टन खेल संयोजक नारायण सर्मा तिवारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा जेसीज महासचिव प्रकाश भट्टराईले कार्यक्रम संचालन गरेका थिए।

उद्घाटन कार्यक्रममा गौरादह नगर खेलकुद बिकास समिति तथा वडा नं -२ का अध्यक्ष हेमन्त कार्की, नगर प्रबक्ता तथा वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारी र वडा नं -३ का वडाध्यक्ष गजेन्द्र घिमिरे लगायतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया