Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाइन विचार
झापा, २७ असोज । झापाको गौरादह नगरपालिकाले बेरुजु असुल उपर गर्न १३ वटा निर्माण कम्पनी फर्महरुलाई पत्राचार गरेको छ ।

महालेखा परीक्षकोको प्रतिवेदन २०७७ अनुसार गौरादह नगरपालिकाको आर्थिक बर्ष २०७५।०७६ को असुल गर्नुपर्ने बेरुजु रु ५४ लाख ३२ हजार, अनियमित बेरुजु ३ करोड ३० लाख ७ हजार, प्रमाण कागजात पेश नभएको बेरुजु ३ करोड ८७ लाख ७३ हजार समेत गरी जम्मा ७ करोड ७२ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको छ ।

सो बेरुजु रकम मध्येको असुल उपर गर्नुपर्ने १३ वटा निर्माण कम्पनीको नाममा रहेको ३० लाख ९९ हजार ५ सय ५५ रुपैयाँ असुली गर्न नगरपालिकाले पत्राचार गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईद्वारा हस्ताक्षरित भदौ २१ गते जारी गरिएको रकम जम्मा गर्ने व्यहोराको पत्राचारमा निर्माण कम्पनीहरुको नाम ठेगाना र असुल उपर गर्नुपर्ने बेरुजु रकम समेत खुलाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिका भित्र निर्माण सम्बन्धि कार्यहरू संचालन गर्दा मुल्य अभिवृद्धि कर नियमावली २०७४(संसोधन २०७६) अनुसार ६.५ प्रतिशत मुल्य अभिवृद्धि कर कट्टी गरी भुक्तानी गर्नुपर्नेमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर सहितको रकम भुक्तानी भएको हुँदा ६.५ प्रतिशत रकम असुल गर्नुपर्ने भनी महालेखा परीक्षकको अन्तिम प्रतिवेदन (आ.व. ०७५।०७६) च. न. ५३४ मिति २०७७ असार २८ गतेको सि.न.३५मा लेखि आएकोले जानकारीको लागि सबै फर्महरुलाई पत्र पठाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । उनका अनुसार पत्राचार गरिएका फर्महरुसंग असुल उपर गर्नुपर्ने बेरुजु रकम फर्महरुले संघीय संचित कोषमा रकम जम्मा गुर्नपर्ने छ ।

पत्रचार गरिएका १३ वटा उक्त फर्महरु क्रमशः गौरादह निर्माण सेवाले बुझाउनु पर्ने बेरुजु रकम ४४ हजार ७ सय ७४ रुपैयाँ, मैनाचुली एम. बि.ए.जे.भी.ले २ लाख ६० हजार ४ सय ९, सेवालुङ निर्माण सेवा प्रा.लि. ले, ९ लाख ४४ हजार ४ सय ८६, श्री हिवा निर्माण सेवाले ६२ हजार १ सय २१, श्री सतासी श्री पाथिभरा जे.वी.ले ७ लाख ९ हजार ३२, श्री पवित्रा देवी कन्स्ट्रक्सन प्रालीले छुट्टा छुट्टै ४ वटा योजनाको कुल ८ लाख ८ हजार ७ सय ४१, श्री श्रृङखला निर्माण सेवाको ९५ हजार ४ सय ३, श्री अरवन प्लानिङ एण्ड डिजाइन कन्सलटेन्ट प्रालिको ८० हजार १ सय ७१, श्री जगदम्बा बिपिन निर्माण सेवाको ४४ हजार ६ सय ६३, श्री चिमरिया कन्ट्रक्सन प्रालिको ४९ हजार ७ सय ५५ बेरुजु बापतको रकम बुझाउन नगरपालिकाले पत्राचार गरेको हो ।

महालेखा परीक्षणको ५७ औं बार्षिक प्रतिवेदन २०७७ सार्बजनिक भएपछि गौरादह नगरपालिकाको बेरुजु झापाका १५ वटा पालिकाहरु मध्ये सबैभन्दा बढी (५.२१ प्रतिशत) हुनु र प्रतिबेदनले औंल्याएका बेथिति अत्यन्तै आपत्तिजनक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगर समिति गौरादहले त्यसैगरी नगरिक स्तरबाट खबरदारी गर्न स्वतस्फुर्त गठन भएको सुशासनका लागि संघर्ष समिति गौरादह लगाएतले ध्यानाकर्षण पत्र समेत नगरपालिकामा पेश गरेका थिए ।

सुशासनका लागि संघर्ष समितिले पेश गरेको १३ बुँदे मागपत्रको पहिलो माग नै लेखापरीक्षण प्रतिवेदन अनुसारको नगरपालिकाले नगद असुली गर्नुपर्ने बेरुजु ५४ लाख ३२ हजार अविलम्ब भदौ महिना भित्रमा असुली गरियोस् भन्ने थियो ।
त्यसैगरी अनियमित बैरुजु ३ करोड ३० लाखको सत्य तथ्य र यथार्थ तत्काल छानबिन गरी असुल गरियोस् साथै कागजात नपुगेका बेरुजु ३ करोड ८७ लाखको अवस्था पनि अबिलम्ब सार्बजनिक गरियोस् भन्ने मागमा ढिलै गरेर भएपनि असुल गर्ने प्रकृया अगाडि बढाउनु सकरात्मक भएको सो संघर्ष समितिका अध्यक्ष राजकुमार दाहालले बताए ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ ले बेरुजु फछ्र्यौट गर्नुपर्ने ब्यवसस्था गरेकोमा गत बर्षको २ करोड ४४ लाख ६१ हजार बेरुजु रकम फछ्र्यौट नगरेकोले हाल सम्मको गौरादह नगरपालिकाको कुल बेरुजु रकम जम्मा १० करोड १६ लाख ७३ हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया