Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २५ असोज २०७७ । झापामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मी गरि समुदायका ५४ जनामा संक्रमण देखिएको छ । जसमा १९ महिला र ३५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेहरुमा मेचीनगरका ५ पुरुष रहेका छन् । उनिहरु मध्ये २ जना बैंकका कर्मचारी रहेका छन् ।

यस्तै, भद्रपुर नगरपालिका १ महिला र २ पुरुष गरि ३ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये १ जना बैंकका कर्मचारी रहेका छन् । यस्तै बिर्तामोडमा ५ महिला र १० पुरुष गरि १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको जनाइएको छ ।

यस्तै, दमक नगरपालिकामा ११ महिला र १४ पुरुष गरि समुदायका २५ जनामा संक्रमण पुष्टी भएको छ ।
यस्तैगरी, बाह्रदशी गाउँपालिकामा १ जना महिलामा, झापा गाउँपालिकामा १ जना पुरुषमा, शिवसताक्षी नगरपालिकामा १ जना महिलामा, कमलमा २ जना पुरुषमा र कन्काइ नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

आज ५४ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९ पुगेको छ । हालसम्म ८ सय ८९ जना डिस्चार्ज भएका छन् । यस्तै हालसम्म २ सय ९ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोनाका कारण झापामा हालसम्म १२ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म झापामा पिसिआर परीक्षणका लागि २७ हजार ९ सय २ जनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया