Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

झगेन्द्र खड्का
गौरीगंज, २४ असोज । सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको युवा संघले गौरीगंज बजार सरसफाई गरेको छ। चाडपर्व नजिकैसंगै बजार क्षेत्रको वातावरण स्वस्थ्य र सफासुग्घर राख्ने उदेश्यले खजुरगाछी-गौरीगंज समाजसेवी युवा संघको अगुवाइमा युवाहरूले शनिबार बजारक्षेत्र सरसफाइ गरेका हुन्।

युवा संघको अगुवाईमा संचालन भएको सरसफाइ कार्यक्रममा गौरीगंज बजार तथा चौक क्षेत्र सरसफाइ गर्न बिहानै देखि युवाहरु सहित सरसफाइमा सहभागी हुने ब्याक्तीहरु हातमा झाडु,कुटो कोदालो,बाल्टी लिएर सहभागी भएका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरीगंज चौकहुँदै हुलाकी मूलबाटो सहित खजुरगाछी बजारमा गरिएको सरसफाइ कार्यक्रममा गौरीगंज क्षेत्रमा रहेका संघ संस्थाहरूले पनि हातेमालो गरेका थिए। ईलाका प्रशासन कार्यालय गौरीगंज, उद्योग वाणिज्य संघ गौरीगंज, ईलाका प्रहरी कार्यालय गौरीगंज , अस्थायी ट्राफिक प्रहरी लगायतका सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले सरसफाइ कार्यक्रममा सहभागिता जनाएका थिए।

सरसफाई कार्यक्रममा ईलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख धनन्ञ्य साह, गौरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महतो, उद्योग वाणिज्य संघ गौरीगंजका सचिव श्रवण गिरी, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मी, अस्थायी ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज साजन कार्की लगायतको सहभागिता थियो।

संस्थाका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी लगायत अन्य युवाहरूको सक्रिय सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया