Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

झगेन्द्र खड्का
गौरादह, २४ असोज । गौरादह नगरपालिका वडा नं–१ ले वडा सिलिङ बजेटलाई सबै क्षेत्रमा समानुपातिक ढंगले बितरण गरेको छ । आर्थिक बर्ष ०७७।०७८ मा वडाले पाएको वडा सिलिङ बजेट १ करोड २० लाखबाट सडक मर्मत तथा ग्रावेल,नगरपालिकाको समन्वयमा सडक कालोपत्र, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी बिजुलीबत्ती बिस्तार लगायतका क्षेत्रमा बजेट बिनियोजन गरेको छ ।

वडाले यस बर्षबाट नगरपालिका,प्रदेश सरकार र संघीय सरकार सँग समन्वय गरी सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाएको छ। यस आर्थिक बर्षको बजेटमा वडाले दीन दुखी,गरिब असाहायलाई एम्बुलेन्स तथा सव वाहान सहयोग,बिमा साझेदारी, खानेपानी पाएप बिस्तार, खानेपानी मिटर खरिद जस्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले बजेट बिनियोजन गरेको छ।

आर्थिक बर्ष ०७७।०७८ को वडा सिलिङ बजेटमा सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पारिश्रमिक तथा सामाग्री खरिद,पशु बिमा, कृषि क्षेत्रमा आबद्ध किसानहरुलाई खेती गर्न सहजताका लागि मोटर बोरिङको व्यवस्था,स्प्रे टेङकी बितरण,माटो परीक्षण, बीउ बोका बितरण,कृतिमा गर्भाधारण तथा नस्ल सुधार लगायतका बिषयमा बजेट बिनियोजन गरेको छ।

युवाहरुलाई स्वरोजगारका लागि ड्राइभिङ तालिम, घरेलु उद्योग स्वरोजगार कार्यक्रम महिला सीप बिकाश स्वरोजगार तथा कोसेली घर कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ। गौरादह नगरपालिका भित्रको नगर गौरवको आयोजनाको रुपमा रहेको गौरादहका पोखरी पनि यसै वडामा पर्दछ। वडाले पोखरी बिकास तथा प्रबद्र्धधनका लागि वडा सिलिङ बजेटबाट ८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

गौरादहमा रहेका पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न संघीय तथा प्रदेश सरकारबाट पनि बजेट आउने भएपनि वडाले थप सहयोगका लागि बजेट बिनियोजन गरेको वडा नं–१ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउँछन्।
यसै आर्थिक बर्षमा वडा भित्र रहेका ब्यस्त ७ वटा सडक कालोपत्र गरिने वडाध्यक्ष भण्डारी बताउँछन्। यस आर्थिक बर्षमा वडा भित्रका मुख्य सडकहरु करिव ४. ५ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्पन्न हुने वडाध्यक्ष भण्डारी बताउँछन्।वडा भित्र रहेका सडकहरुलाई उच्चस्तरीय ग्राभेल गर्ने कार्यलाई प्राथमिकता दिदै सडक कालोपत्र गर्ने कार्य सरु गरिएको भण्डारीले बताए।

वडा भित्र रहेका सितापुरी मिल पुर्ब र पस्चिमको नमुना सडक, अर्जुन देब राईको घर दक्षिण, पेट्रोलपम्प देखि बजार सम्म, प्रहरी चौकी देखि रेडक्रस सम्मको सडक, गौरादह बजार देखि कृषि शाखा जाने सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरिने वडाध्यक्ष भण्डारीले बताए।

स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएको तीन बर्षको अवधिमा वडाले बिकाशको गतिमा फड्को मारेको वडा सदस्य कोमल ढुङगाना बताउँछन्।वडा कार्यलयले बिगत बर्षहरुमा गरेका कामलाई निरन्तरता दिदै यस आर्थिक बर्षमा थप काम गर्दै वडा सिलिङ बजेटलाई वडा बासिहरुहरुको चाहाना अनुसार बजेट बिनियोजन गरेको वडा सदस्य ढुङगाना बताउँछन्।

तपाईको प्रतिक्रिया