Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, २१ असोज २०७७ । झापाको बिर्तामोडबाट लागूऔषध सहित १ जना पुरुष पक्राउ परेका छन् । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ३४ वर्षीय कृष्ण राय पक्राउ परेका हुन् ।

बिर्तामोड नगरपालिका-३ को शैनिक मोडबाट विशेष सूचनाकोे आधामा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत घर भई बिर्तामोड नगरपालिका-९ नरियाबारीमा डेरा गरी बस्ने रायलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिक सहित ६.९९ ग्राम(प्लाष्टिक बाहेक ६ ग्राम ५०० मिलीग्राम) ब्राउन सुगर जस्तो देखिने मिसाईलो पदार्थ फेला पारी बरामद गरी उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया