Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, १९ असोज २०७७ । झापाको दमकमा लागूऔषध ब्राउनसुगर सहित १ महिला पक्राउ परेकी छिन् । दमक नगरपालिका-९ दिप ज्योति उराउ टोल बस्ने ३० वर्षीया महिला प्रतिबन्धित ३५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेकी हुन् ।

उनलाई आज ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसरी लागूऔषध सहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया