Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

विराटनगर, १९ असोज २०७७ । विराट नर्सिङ अस्पतालको झ्यालबाट हाम्फालेर एक जना बिरामीले आत्महत्या गरेका छन् । आइसीयूमा उपचाररत ति बिरामी असोज १७ गते अस्पताल भर्ना भएका थिए ।

मिक्लाजुङ गाउँपालिका-७ मा डेरा गरी बस्ने ५३ वर्षिय अमृत गजमेरको झ्यालबाट हाम्फालेकै कारण मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ।

आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट फाल हानेको अस्पताल प्रशासनले जनाएको छ। बिहान पौने ६ तिर हाम्फालेका उनलाई तत्काल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइएको थियो।

तर, उनलाई बचाउन नसकिएको प्रशासनका कर्मचारी पदम विनाडीले बताए। के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न नसकेको बताइएको छ। निमोनियाका बिरामी उनी अस्पतालमा उपचाररत थिए। गजमेरका आफन्तले भने अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएको छ।नेपाल टाइम्सबाट साभार

तपाईको प्रतिक्रिया