Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरीगंज, १७ असोज २०७७ । ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी प्रमुख गणेश प्रसाद भट्टराईको बिदाइ गरिएको छ।

२०७६ साल भदौ महिना देखि ईलाका प्रहरी कार्यलय गौरीगंजको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका भट्टराईको घरान स्थित संघिय प्रहरी कार्यलय सरुवा भएपछि उहाँलाई बिदाइ गरिएको हो।

सोही अवसरमा ईलाका प्रहरी कार्यालय गौरीगंजको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी निरिक्षक राकेश रेग्मीलाई स्वागत गरिएको छ। रेग्मी नेपाल प्रहरी विशेष कार्यलय कपन काठमाडौंबाट ईलाका प्रहरी कार्यलय गौरीगंजमा सरुवा भई प्रहरी प्रमुखको जिम्मेवारी समाल्न आएका हुन।

ईलाका प्रहरी कार्यलयमा भएको बिदाई तथा स्वागत कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले प्रहरी प्रमुख गणेश प्रसाद भट्टराईले ईलाका प्रहरी कार्यलय गौरीगंजको प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि यस क्षेत्रका नागरिकहरुलाई शान्ति शुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

ईलाका प्रहरी कार्यलय गौरीगंजमा सरुवा भई आएका प्रहरी प्रमुख राकेश रेग्मीको सभापतित्वमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो।बिदाई कार्यक्रमका प्रमुख अतिथि गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिका तथा आसपासका क्षेत्रमा प्रहरी प्रमुख भट्टराईको कार्यकालमा शान्ति सुरक्षाका बिषयमा सन्तोष जनक रहेको धारणा राखेका थिए।

भट्टराईले १४ महिनासम्म गौरीगंज गाउँपालिकाको शान्ति सुरक्षामा आफ्नो क्षमताले भ्याएसम्म नागरिकको जिउ धनको सुरक्षका लागि आफू कटिबद्ध भएर लागेको बताएका थिए।आफ्नो कार्यकालको बढी समय कोभिड-१९ को महामारी फैलिएकाले त्यसको रोकथाम गर्न गौरीगंजवासी , स्थानिय सरकार , पत्रकार सबैले साथ दिएकोमा धन्यवाद दिदै कोरोनाको महामारी नियन्त्रण गर्न सुरक्षाकर्मीले जोखिम मोलेर कार्य गरेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

विदाईको समयमाआफुलाई केही खल्लो महसुस भएपनि नराम्रो नलागेको बताउदै प्रहरी निरीक्षक भट्टराईले भौतिकरूपमा आफु गौरीगंजमा नरहेपनि सबैसंगको सम्बन्ध सधैं भरी कायम रहने बताए।गौरीगंज गाउँपालिका वार्ड नं.३ का वडा अध्यक्ष मखना महतोले स्वागत राखेको कार्यक्रममा गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, नेकपा प्रदेश कमिटि सदस्य अमर सिवाकोटी, नेकाका गोपाल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया