Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, १६ असोज २०७७ । झापाको गौरादहमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । हत्या आरोपमा मृतक महिलाका श्रीमान भिम बहादुर भण्डारी पक्राउ परेका हुन् ।

गौरादह-१ कि ६५ वर्षीया वृद्धा मनमाया भण्डारी (पार्वता) को हत्या प्रकरणमा प्रारम्भिक अनुसन्धानको क्रममा घट्नास्थलको अनुसन्धान, घरपरिवार, स्थानिय बासिन्दा, छरछिमेकका ब्यक्तिहरुबाट बुझिएका कुराहरु साथै वी.पी.के.आई.एच.एस. धरान सुनसरीबाट प्राप्त पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय विश्‍लेषणबाट मृतक भण्डारीको श्रीमान वर्ष ६४ को भिम बहादुर भण्डारी मृतक मनमाया भण्डारी संगै रहेको समयमा नै घट्ना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको हुँदा श्रीमान भिम बहादुर भण्डारीलाई जिल्ला अदालत झापाबाट मिति ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जनाइएको छ ।

पोष्टमार्टम रिपोर्ट अनुसार हत्या १ बज्नु भन्दा अघि भएको र मृतक महिलाका श्रीमान स्वंय आफुले पनि १ बजेतिर घरबाट बाहिर गएको बताउनुभएको छ, साथै छिमेकीहरुले पनि १ बजेतिर नै बाहिर गएको बताएका छन् ।

असोज १२ गते सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया मनमाया भण्डारी (पार्वता) को शव फेला परेको थियो ।

मृतक पार्वताको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात पछाडि लगेर बाँधिएको र रगतले लतपत भएको अवस्थामा खाटमुनी शव फेला परेको अनुसन्धानको क्रममा पुष्टी भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया