Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
गौरादह, १६ असोज २०७७ । झापाको गौरादहमा गत असोज १२ गते भएको वृद्ध महिलाको बीभत्स हत्या काण्डबारे प्रहरीले अनुसन्धानको क्रम जारी रहेको बताएको छ । घट्ना भएको आज ५ दिन हुँदा समेत अनुसन्धान अझै टुंगिएको छैन ।

असोज १२ गते सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया मनमाया भण्डारी (पार्वता) को शव फेला परेको थियो ।

मृतक पार्वताको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात पछाडि लगेर बाँधिएको र रगतले लतपत भएको अवस्थामा खाटमुनी शव फेला परेको अनुसन्धानको क्रममा पुष्टी भएको थियो । मृतक महिलाको कमल गाउँपालिका-१ बालुबाडी स्थायी ठेगाना भएपनि गौरादह-१ मा पनि घर रहेको र सोमबार बिहान करिब ११ बजे श्रीमान, श्रीमती दुवैजना गौरादहमा रहेको घरमा आएको स्थानीयबासीले बताएका थिए ।

लकडाउन अवधिभर कमल-१ कै घरमा बसेका भएपनि सोमबार बिहान दुवैजना गौरादहमा आएको र दिउँसो करिब १ बजे मृतक महिलाका श्रीमान भिम भण्डारी गौरीगंज तिर जानुभएको बेला श्रीमती घरमा एक्लै भएको समयमा सो घट्ना भएको भएको थियो । हत्या किन गरियो ? के का लागि गरियो ? अहिले पनि रहस्यमयी नै रहेको छ ।

वृद्ध महिला हत्या काण्ड अनुसन्धानको क्रममा प्रहरीले धरानबाट तालिम प्राप्त लैला डग समेत ल्याएको थियो, हामीले यस बारेमा बुझ्दा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक (डिएसपी) तथा प्रवक्ता राकेस थापाले घट्ना भएको स्थानमा घट्ना लगत्तै धेरै मानिसहरुको भिंडले पनि कुकुरको सुघ्न सक्ने क्षमतामा पनि केही प्रभाव पारेको बताउनुभयो ।

यस्तै, घट्ना अनुसन्धानकै क्रममा रहेकोले सुरुका दिन बाट नै सुक्ष्म अध्ययन गरिरहेको साथै हत्यारा पत्ता नलाग्दा सम्म सबै शंकाकै दायरामा रहने हुनाले अनुसन्धानका लागि मृतकको परीवार, स्थानीयबासी सँग सोधपुछ गर्ने क्रम रहीरहेको बताउँनुहुँदै सोही क्रममा अहिलेसम्म ४०–५० जना व्यक्तिहरुलाई सोधपुछ गरिसकिएको र प्रमाणहरु जुटाउने क्रम पनि जारी रहेको प्रवक्ता थापाले बताउनुभयो ।

यस्तै, प्रवक्ता थापाका अनुसार हामीले कुनैपनि सञ्चार माध्यमलाई आधीकारीक रुपमा कसैलाई पनि पक्राउ गरिएको, पोष्टमार्टमको रिपोर्ट यस्तो आयो भनेर नभनेको र घट्ना अनुसन्धानको क्रममा नै रहिरहेकोले उक्त कुराहरु सार्वजनिक गर्न नमिल्ने अनलाइनविचारलाई बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया