Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

शान्ति सुब्बा
गौरादह, १३ असोज २०७७ । झापाको गौरादहमा हिंजो (सोमबार) एक महिलाको बीभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सोमबार गौरादह-१ को जानकिश्वर शिवालय मन्दिर नजिक रहेको आफ्नै घरमा निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा ६५ वर्षीया पार्वता भण्डारीको शव फेला परेको हो ।

मृतक पार्वताको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात पछाडि लगेर बाँधिएको र रगतले लतपत भएको अवस्थामा खाटमुनी शव फेला परेको अनुसन्धानको क्रममा पुष्टी भएको छ । मृतक महिलाको कमल गाउँपालिका-१ बालुबाडी स्थायी ठेगाना भएपनि गौरादह-१ मा पनि घर रहेको र सोमबार बिहान करिब ११ बजे श्रीमान, श्रीमती दुवैजना गौरादहमा रहेको घरमा आएको स्थानीयबासीले बताएका छन् ।

लकडाउन अवधिभर कमल-१ कै घरमा बसेका भएपनि सोमबार बिहान दुवैजना गौरादहमा आएको र दिउँसो करिब १ बजे मृतक महिलाकी श्रीमान भिम भण्डारी गौरीगंज तिर जानुभएको बेला श्रीमती घरमा एक्लै भएको समयमा सो घट्ना भएको खुल्न आएको छ ।

मृतक महिलाको श्रीमान गौरीगंजबाट घरमा आउँदा श्रीमतीकोे बीभत्स रुपमा हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयबासी तथा प्रहरीलाई खबर गरिएको थियो ।

घट्नाको प्रकृति हेर्दा र स्थानीयबासीको भनाइ अनुसार घरमा रहेका कुनै पनि सामग्री चोरी नभएको साथै मृतक महिला र हत्यारा बीच केही हातपात भए जस्तो खुल्न आएको छ । यस्तै शवको छेउमा लुगाहरु छरिएको अवस्थामा रहेको स्थानीयबासीले बताएका छन् ।

मृतक महिलाको हत्याराको खोजी कार्यका लागि नेपाल प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको तालिम प्राप्त कुकुर लैला ल्याइएको थियो । अनुसन्धानको क्रममा कुकुरले मृतकको शव रहेको घरदेखि ३ किलोमिटर पूर्व स्थानीय सिस्ने खोलाको पुल सम्म पुगेर केही समय कुकुर अल्मलिएर पूनः हत्या भएको घर तिर नै फर्किएको थियो ।

यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडी रहेको धान बारीमा कृषि विकास बैंकको चेक समेत भेटाएको छ भने, बाथरुममा रु.१०  को नोट फेला पार्नुका साथै बाल्टिनमा ज्याकेट भिजाएर राखिएको र जमिनमा लागेको रगत पुछेको जस्तो देखिएको गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । घट्नाको विषयमा जिल्लाको सम्पूर्ण सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधिहरु सहित लागेर छिटो भन्दा छिटो सत्य तथ्य बाहिर आउने कुरा पनि प्रमुख शाहले बताउनुभयो ।

घट्नाको मुचुल्का उठाई राती करिब ११ः३० बजे शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतक महिलाको एक श्रीमान, २ छोरा र १ छोरी रहेको वहाँको देवर खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

हिंजो दिनदहाडै भएको बीभत्स हत्याको घट्नाले गौरादह नगर बासीमा एक प्रकारको त्रास फैलिएको छ । अहिले सुरक्षाकर्मीको नियन्त्रणमा घर सिल गरिएको छ ।

घट्ना के कसरी भएको हो अनुसन्धानकै क्रममा रहेको प्रहरी प्रशासनले बताएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया