Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १० असोज २०७७ । केहि दिन यता लगातार आएको वर्षाका कारण झापामा ४५ घर परिवार विस्थापित बनेका छन् । बाढीका कारण ९ वटा घर बगाएको छ । मनसुन अझै नरोकिएकोले केही स्थानमा धमाधम बस्ती क्षेत्र कटान भइरहेको हुँदा सो क्षेत्रमा थप जोखिम बढेको स्थानीयले बताएका छन् ।

पछिल्लो समय परेको अविरल मनसुन नरोकिएकोले झापाको विभिन्न खोला तथा नदिमा आएको बाढीले अझै केही स्थानमा धमाधम कटान गरिरहेको छ ।

झापाको बाह्रदशी, भद्रपुर, झापा, हल्दिबारी क्षेत्रमा आएको बाढीले ४५ घर परिवार विस्थापित भईसकेका छन् । जिल्लामा विरीङ्ग खोलाले बाह्रदशी वडा नं.६ को तुलसीबारीमा घर नै बगाउन थाले पछि सो क्षेत्रका बासिन्दाहरु विचल्नीमा परेको उनीहरुले बताएका छन् ।

विरीङ्ग खोलामा आएको बाढीले बाह्रदशी गाउँपालिका वडा नं.७ तुलसीबारीका ६ घर परिवार घरबार विहीन बनेका छन् । कटानले घर बगाउन थाले पछि शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घर भत्काएर आवाश्यक सामाग्री सुरक्षित गरिए पनि सो क्षेत्रमा कटान रोकिएको छैन ।

बाढीले घरबार विहीन बनेका बासिन्दालाई उचित व्यवस्थापनको तयारी थालेको सो वडाका अध्यक्ष मित्रराज भट्टराईले बताउनु भयो ।

पछिल्लो मनसुनका काराण मेचीखोला, विरीङ्ग, कन्काई, रतुवा, मावा, देउनिया लगायतका खोलामा आएको बाढीले कटान तथा डुवान थालेको छ । बाढीका कारण विस्थापित बनेकाको उचित वासको व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।

यो वर्ष अधिक वर्षा भएको कारण दक्षिण झापा क्षेत्रमा सयौं विगाह अन्नबाली लगाएको खेतबारी वगरमा परिणत भएको छ । यस वर्षको मनुसनका कारण झापामा २० जनाको मृत्यु भईसकेको छ भने झण्डै ३ सय ५० घर परिवार विस्थापित बनेको जिल्ला विपद व्यवस्थापन समिति झापाले जानकारी दिएको छ ।सारा संदेशबाट साभार

 

 

 

 

 

तपाईको प्रतिक्रिया